बिहीबार, चैत ९, २०७९

नागरिकहरुको जीवनरक्षा नै सरकारकाे पहिलो प्राथमिकता हो- ओली

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २० गते १५:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८७ स्थानमा पीसिआर परीक्षणको व्यवस्था मिलाइएको बताएका छन् । उनले निशुल्क खोपहरुको व्यवस्था मिलाएको बताए । दक्षिण एसियामा भारतपछि नेपाल दोस्रो मुलुकहरुमा निशुल्क कोभिड खोप दिने मुलुक रहेको बताए ।

चीन, रुस लगायतका राष्टहरुसँग कोभ्याक्स खोप उपलब्धका लागि लागिपरेको बताए ।नागरिकको जीवन रक्षा यो सरकारको पहिलो प्राथमिकाता हो उनले भने। संघ प्रदेश र स्थानीय तहबीचको राम्रो समन्वय बनाएको बताए । उनले लकडाउन समेत थप कडाई हुने जनाएका छन् । स्थल मार्गबाट विदेशी नागरिकलाई रोक लगाएकाे  जनाएका छन् । त्यस्तै स्वास्थ्यकर्मीलाई मासिक तलबको ५० प्रतिशत भत्ताको व्यवस्था गरिने समेत बताएका छन् ।

 

तपाइँको प्रतिक्रिया