वैशाख २३ गते देखि आन्तरिक र बाह्य उडान बन्द गर्ने
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य उडान बन्द गर्ने निर्णय गरेको छ । वैशाख २३ गते राति १२ बजेदेखि लागू हुनेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा यसबारे सोमबार दिउँसो थप प्रस्ट पारेको हो । आइतबार साँझ मन्त्रिपरिषद् बैठकले २२ गते रातिदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेल भने, अन्तर्राष्ट्रिय उडान धेरै लामो समय बन्द नहुने पनि बताए । ‘यो धेरै लामो समय जाँदैन । त्यसैले तत्काललाई भारतबाहेकका सबै मुलुकमा भइरहेका उडान तत्काल बन्द गर्ने निर्णय भएको हो । अब पहिले जस्तो उद्धार तथा चार्टर उडान पनि हुने छैनन्,’ उनले भने ।