राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २० गते ११:३६
काठमाडौं। राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । नयाँ भेरियन्ट सहित दोस्रो लहरको कोरोना संक्रमण तिब्र गतिका साथ बढेसँगै सरकारले राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
आगामी जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम कोरोना महामारीका कारण केही समयका लागि स्थगित भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जनगणनाको काम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । कोरोना महामारी कम भएपछि पुनः मिति तय हुने मन्त्री गुरुङले बताए । १२ औं जनगणनाका लागि देशभर ४३ हजार गणक खटिएका छन् ।