प्रधानमन्त्रीले विश्वासकको मत लिने भनेपछि देउवाले बोलाए काग्रेस बैठक
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २० गते ११:००
काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले यहि बैशाख २७ गते प्रतिनिधि सभा मार्फत विश्वासको मत लिने जानकारी गराएसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज बैठक बोलाएको हो ।
कांग्रेस सभापति शेर बहादुर देउवाले प्रमुख प्रतिपक्ष दलको धारणा बनाउन कांग्रेस पदाधिकारी बैठक आज दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन् । बैठकमा पछिल्ला समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
मन्त्रीपरिषदको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिसकेकी छन् ।