बिहीबार, चैत ९, २०७९

कांग्रेस प्रवक्ता शर्मा कोरोना संक्रमित

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख २० गते ९:४४

काठमाडाै । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो समय तिब्र रुपममा फैलिदै गएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट संक्रमित भएसँगै प्रवक्ता शर्माले सबैलाई सचेत रहन आग्रह गरेका छन् ।

सोमबार प्रवक्ता शर्माले ट्विट मार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन् । उनले ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएको र बिहानिपख रिपोर्ट आउँदा पोजेटीभ भएको जानकारी दिएका छन्  ।

उनले आफू पोजटि भएसँगै टेकुमा कार्यरत डा. मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको जानकारी दिएका छन् । साथै डेरामै आइसोलेसनमा रहेको उल्लेख गर्दै लक्षणले च्यापेका छन् तर मनोबल उच्च रहेको प्रतिक्रिया दिएका छन् ।

प्रवक्ता शर्माले सबैलाई विनम्र आग्रह छ ( सजग बनौं भन्दै सन्देश समेत दिएका छन् ।

तपाइँको प्रतिक्रिया