आइतबार, चैत १२, २०७९

लुम्बिनी प्रदेशमा सांसद सासद पाण्डेले दिए राजीनामा

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १९ गते १६:२०

काठमाडौं । लुम्बिनी प्रदेशका एमाले सांसद दुर्ग नारायण पाण्डेले पदबाट राजीनामा दिएका छन् । कपिलवस्तु २ (१)बाट निर्वाचित पाण्डेले आइतबार पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गर्दै आजकै मितिबाट लागू हुनेगरी सभामुखलाई राजीनामा बुझाएका हुन् ।

‘प्रस्तुत सम्बन्धमा म नारायण पाण्डे कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ (१) बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएको हुँ । हालको राजनीतिक परिस्थिति नियाल्दै आजकै मितिदेखि लागू हुनेगरी प्रदेशसभा सदस्यबाट राजीनामा पेश गरेको छु’, उनले राजीनामा पत्रमा भनेका छन् ।

आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुनः नियुक्त नहुँदै सांसदले राजीनामा दिएका हुन् ।

तपाइँको प्रतिक्रिया