लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पून: नियुक्त
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १९ गते १५:५९
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवद्वारा संविधानको धारा १ सय ६८ को एक बमोजिम पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
आफूविरुद्धको अविस्वास प्रस्ताव संसदमा पेश हुने भएपछि पोखरेलले आजै राजीनामा दिएका थिए । राजीनामापछि बहुमतको सरकारका रुपमा पोखरेललाई फेरि मुख्यमन्त्री नियुक्त गरिएको हो ।