आइतबार, असोज १६, २०७९

पार्टीपंक्तीलाई कोरोना विरुद्ध स्वयमसेवककाे रुपमा परिचालन हुन एमालेद्वारा आव्हान

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १९ गते १४:१८

काठमाडाै । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा सम्पन्न भएको स्थायी कमिटीको दोस्रो बैठकले कोरोना महामारी नियन्त्रणका सन्दर्भमा केन्द्रीत भएको जनाइएको छ ।
बैठक पछि नेकपा एमालेका प्रदीप ज्ञवालीले एक प्रेस विज्ञप्ति जारी गर्दै कोभिड बिरामीहरुका लागि आवश्यक पूर्वाधारहरु, शैयाहरु, उपकरण,खोप,अक्जिसन तथा अत्यावश्यक औषधीको प्रबन्धका साथै आवश्यक तयारी गर्न सरकारसँग ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले कोभिड १९ को संक्रमण विरुद्ध पार्टी पंक्तिलाई स्वयमसेवकको परिचालन हुन समेत आव्हान गरेको छ ।

हेर्नुहाेस् विज्ञप्ति

तपाइँको प्रतिक्रिया