बिहीबार, जेठ १८, २०८०

कोरोनाबाट एकै परिवारका आमा छोराका मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १९ गते १३:४६

सुनसरी । कोरोना सङ्क्रमणबाट एकै परिवारको दुई जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट ३ दिनको फरकमा आमा छोराको मृत्यु भएपछि स्थानीय प्रशासनले सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ३ स्थित महेन्द्र चोक क्षेत्र सिल गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले एकै परिवारका दुई जनाको तीन दिनको फरकमा मृत्यु भएपछि संक्रमणको अवस्थालाई हेरेर महेन्द्र चोक क्षेत्रमा सिल गरिएको जानकारी दिए ।

गएको बुधबार आमाको र हिजो बिहान छोराको मृत्यु भएको थियो । एकै परिवारका सदस्य सङ्क्रमित भए पनि कन्ट्याक्ट ट्रेसिङबाट पत्ता नलागेपछि उच्च सङ्क्रमणको जोखिम भएकाले अर्को आदेश नभएसम्मका लागि सिल गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । परिवारका अन्य पाँच सदस्यमा पनि संक्रमण भएको छ ।

तपाइँको प्रतिक्रिया