लुम्बिनी प्रदेशमा एमालेकाे एकल सरकार गठन हुँदै, मुख्यमन्त्रीमा पोखरेलले सपथ खाने
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले पदबाट राजीनामा दिएसँगै एमालेले एकल सरकार बनाउने प्रकृया अघि बढाएको छ । आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेललाई नै मुख्यमन्त्री बनाउने गरि नेकपा एमालले प्रकृया अघि बढाएको हो ।
जनता समाजवादी पार्टीका ४ सांसद पदमुक्त भएसँगै लुम्बिनीमा नेकपा एमालेको एकल बहुमत पुगेको छ । यसअघि संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनका मुख्यमन्त्री पोखरेललाई अब संविधानको धारा १६८ को १ अनुसार एकल सरकार बनाउने बाटो खुलेको हो ।
लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार गठनको गृहकार्य सुरु भएको नेकपा एमालेको रुपन्देहीका जिल्ला इञ्जार्ज दधिराम न्यौपानेले बताएका छन् ।
प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्रीमा शंकर पोखरल नै हुने दाबी गरे । उनल भने, ‘आजै सपथ ग्रहण हुन्छ, धारा बदलिएको मात्रै हो, सरकार बदलिएकै छैन ।’
आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले तत्कालै स्वीकृत गरेका थिए ।