बिहीबार, मंसिर १५, २०७९

प्रधामन्त्रीले बोलाए मन्त्रीपरिषद्को बैठक

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १९ गते ११:०७

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाएका हुन् ।

बैठकका एजेण्डा भने नखुलाइएको बताइएको छ । मन्त्रिपरिषदको नियमित बैठक भएकाले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुने बताइएको छ ।

मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका हुन् ।

कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने छ ।

तपाइँको प्रतिक्रिया