शुक्रबार, असोज १४, २०७९

नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च संक्रमण

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १८ गते १६:५१

काठमाडौं। नेपालमा हाल सम्मकै उच्च कोरोना संक्रमितहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप ५,७६३ जनालाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा संक्रमितको कुल संख्या ३२८८९३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन् । हाल सम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया