कोरोना अस्थायी अस्पतालमा संक्रमितले गरे आत्महत्या
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १८ गते १२:००
काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका –१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा ए जना कोरोना संकमितले आतमहत्या गरेका छन् । अस्पतालमा भर्ना भएका सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार बिहान ४ बजे शौचालय जाने बहानामा झुण्डिएर आत्महत्या गरेका अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डेले जानकारी दिए ।