कांग्रेसको नेतृत्वमा भएकाे विराटनगर जुट मिल आन्दोलनको स्मरण गर्न चाहान्छु- देउवा
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १८ गते १०:३४
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले विराटनगर जुट मिलमा श्रमिकहरुको आन्दोलन नेपाली कांग्रेसको नेतृत्वमा भएको दाबी गरेका छन् । शनिबार अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिदै उक्त आन्दोलनको स्मरण गरेका हुन् ।
नेपाली कांग्रेस श्रमजिवी वर्गहरुको पक्षमा रहेको सन्देश दिदै सभापति देउवाले अन्तराष्ट्रिय श्रमिक दिवस (मे डे) को अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण श्रमजिवि समुदायहरुमा शुभकामना समेत दिएका छन् ।
म आज मे दिवसको दिन कांग्रेस नेतृत्वमा भएको विराटनगर जुट मिलको श्रमिक आन्दोलनको स्मरण गर्दै सबैमा शुभ कामना व्यक्त गर्दछु भन्दै ट्विट मार्फत उल्लेख गरेका छन् ।