ब्रजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो
काठमाडौं । कोभिड १९ संक्रमणका कारण ब्राजिलमा मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । खोप कार्यक्रमको सुस्तताको सामना गरिरहेको ब्राजिलमा विश्वको कोरोना संक्रमणका कारण दोस्रो ठुलो मृत्युदर हो ।
त्यहाँ २४ घण्टामा ३ हजार १ जनाको मृत्यु भएको छ । गत अप्रिलमा सो संख्या ४ हजार नाघेको थियो । १४ दिनको औषत मृत्यदर र संक्रमण उच्च रहेको छ । ब्राजिलको संसदले सरकारले कोरोना महामारी नियन्त्रणका लागी गरेको कार्यक्रमबारे अनुसन्धान गर्ने भएको छ ।
कोभिड १९ को संक्रमणर्लाइ अबमुल्यन गर्दे मास्क लगाउनु नपर्ने, अनुसन्धान नगरिएका औषधी सिफारिस गरेका राष्ट्रपति जेर बोल्सोनारोको चर्को आलोचना भइरहेको छ । ब्राजिलमा हाल अस्पतालका ९० प्रतिसत बेड भरिएका छन् ।
यस्तै भारतमा पनि संक्रमण र मृत्यु हुनेको संख्या हाल सम्मकै उच्च छ । त्यहाँ ३ लाख ८६ हजारमा नयाँ संक्रमण भेटिएको छ । भने हिजो एकै दिन ३ हजार ५ सय १ को मृत्यु भएको छ