शनिबार, असोज १५, २०७९

कोरोना महामारीकाबीच देउवाले पत्रकार सम्मेलन गर्दै

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १७ गते १२:३२

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शुक्रबार तीन बजे पत्रकार सम्मेलनको आयोजना गरेका छन् । पछिल्लो समय कोरोना भाइरस संक्रमणका कारण नेपालमा ठूलो मानवीय क्षति भइरहेको अवस्थामा सभापति देउवाले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

सभापति देउवाले आज आफ्नै निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलन गर्न लागेको काँग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । उनले नेपाली कांग्रेसको १४ औं महाधिवशेनका साथै कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकारको भूमिका, निषेधाज्ञापछि नागरिकको जनजीवनमा परिरहेको प्रभाव, पार्टीको भूमिका सन्दर्भमा धारणा राख्न पत्रकार सम्मेलनको आयोजना गरेको मुख्य सविव पौडेलले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया