सोमबार, चैत १३, २०७९

गण्डकीका मुख्यमन्त्रीले गरे मन्त्रीमण्डल विस्तार, मनाङ्गेले पाए खेलकुदमन्त्री

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १६ गते १६:३५

काठमाडौं । अविश्वासको प्रस्तावको सामना गरिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

विहिबार मुख्यमन्त्री गुरुङले विस्तार गरेको मन्त्रीपरिषदमा स्वतन्त्रबाट विजय प्राप्त गरेका दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् ।

उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिए । उनको आजै सपथ ग्रहण हुने जनाइएको छ ।

तपाइँको प्रतिक्रिया