कोरोनाबारे गुनासा तत्काल कार्यान्वयन गर्न संयन्त्र गठन
काठमाडौं । सरकारले गरेको निषेधज्ञाको समयमा कोरोना भाईरस (कोभिड १९) बारे कुनै पनि गुनासो भए तत्काल कार्यान्वय गर्ने गरी संयन्त्र खडा गरेको माननीय उपप्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ । भाइरस संक्रमणसँग सम्बन्धित कुनै पनि समस्या तुरुन्तै समधान गर्न २४ घण्टा खुल्ला हुने गरी संयन्त्र तयार रहेको पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए ।
स्वास्थ्यकर्मी तथा तत्काल उपचारको व्यवस्था, एम्वुलेन्स, अक्सिजन तथा शव व्यवस्थापनमा तत्काल सहयोग प्राप्त गर्ने भएको छ । प्राप्त गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्ने गरी कोभिड १९ समस्या व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संयन्त्र निर्माण गरेर काम अघि बडाएको पाण्डेले जानकारी दिए ।
यसका लागि सीसीएमसीको हटलाइनमा फोन गर्नुहोस्, तपाईंलाई २४ सै घण्टा रेस्पोन्स हुनेछ । शव व्यबस्थापनका लागि १०५, एम्बुलेन्सका लागि १०२ मा सिधा सम्पर्क गर्नु समेत केन्द्रले अनुरोध गरेको छ । विदेश जाने र विदेशबाट आउनेका लािग फारम भरेर सुविधा लिनु पर्ने व्यवस्था समेत गरेको छ ।