पूर्वरानी कमोल शाहलाई आइसियूमा राखेर उपचार गरिदै
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १६ गते १२:००
काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भएकी पूर्वरानी कोमल शाहलाई आइसियूमा राखेर उपचार शुरु गरिएको छ । उनमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको हो ।
‘नर्भिक अस्पतालका अनुसार,उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ ।
कोरोना संक्रमण पुष्टि भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी पत्नी कोमल र छोरी प्रेरणाको उपचार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको छ ।
अस्पतालका अनुसार ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । प्रेरणालाई भने अक्सिजन दिनु नपरेको अस्पतालले जनाएको छ ।