बिहीबार, जेठ १८, २०८०

नियोजित रुपमा प्रधानमन्त्री आइसोलेसनमा भन्ने समाचार प्रति खेद छ- सूर्य थापा

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १६ गते ११:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले केही मिडियाले प्रधानमन्त्री आइसोलेनसमा भनि गरेको समाचार प्रति खेद प्रकट गरेका छन ।

प्रेस सल्लाकार थापाले ट्विट मार्फत त्यसको विरोध जनाएका हुन् । उनले मिडियाको भ्रम प्रचार भन्दै कतिपय सञ्चारमाध्यमले नियोजित रूपमा प्रधानमन्त्री आइसोलेसनमा भनी तथ्यहीन सम्प्रेषण गरेर भ्रम फैलाउनु खेदजनक रहेको उल्लेख गरेका छन् । भेरिफाई नै नगरी यस्तो दुष्प्रचारमा संलग्न नहुन सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छु।

मिडियाको आवरणमा यसरी गलत कार्य गर्नु सर्वथा गलत हो भन्दै ट्विट मार्फत स्पष्ट धारणा व्यक्त गरेका छन् ।

तपाइँको प्रतिक्रिया