बुधबार, चैत ८, २०७९

पछिल्लो २४ घण्टामा ४ हजार ८९७मा कोरोना पुष्टि

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १५ गते १६:४७

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोे छ । १३ हजार ​८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन् । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।

तपाइँको प्रतिक्रिया