सोमबार, चैत ६, २०७९

बिरामीले प्रयोग गर्ने अक्सिजन सिलिन्डरमा आयात कर छुट दिने सरकारको निर्णय

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १५ गते १५:१६

काठमाडौं । सरकारले बिरामीले प्रयोग गर्ने अक्सिजन सिलिन्डरलगायत मालवस्तुमा कर छुट दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अक्सिजन सिलिन्डर लगायतका माल वस्तुमा कर छुटको निर्णय भएको जानकारी दिए ।

कोभिड संक्रमणलाई लक्षित गरेर यो निर्णय गरिएको मन्त्री गुरुङले बताए । कर छुटका निर्णयपछि अक्सिजन सिलिन्डर आयात गर्न सहज हुनेछ ।

तपाइँको प्रतिक्रिया