सोमबार, चैत १३, २०७९

एमालेमा प्रवेश गरेका दुई मेयरलाई माओवादी पार्टीद्वारा निष्कासित

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १५ गते १४:२१

काठमाडौं । नेकपा माओवादी केन्द्रले रौतहटका दुई मेयरलाई पार्टीको साधरण सदस्य समेत नरहने गरि दुई मेयरलाई निष्कासित गरेको छ तत्कालिन माओवादी केन्द्र र नेकपा एमालले अलग अलग भएपश्चात पनि नेकपा एमालेको पक्षमा काम गरिरहेको भन्दै मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिकाका नगरप्रमुख सियाराम कुसवाहलाई पार्टीले स्पष्टिकरण सोधेको थियो ।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच २०७५ साल जेठ ३ गते पार्टी एकिकरण भइ निर्वाचन आयोगले २०७५ जेठ २३ गते नेपाल कम्युनिष्ट पार्टी नेकपा कायम गराएको थियो । तर सर्वोच्च अदालतले २०७७ फागुन २३ गतेको आदेशले उक्त पार्टी एकता कायम नगरि साविककै छुट्टाछुट्टै पार्टी कायम भएको फैसला गरेको थियो ।

सो फैसला भएपश्चात रौतहटका २ जना नगरप्रमुख नेकपा माओवादी केन्द्र दलको प्रतिनिधित्व गर्नुपर्नेमा २ जनाले नै अन्य दल अर्थात् नेकपा एमालेमा प्रवेश गरि उक्त दलको साधारण सदस्य स्वीकार गरी राजनितिक गतिविधिहरुमा संलग्न भइ नेकपा माओवादी केन्द्रको विधान तथा राजनितिक दलसम्बन्धी ऐनले तोकेको दायित्व जानाजान उल्लङघन गरेकाले स्पष्टिकरण सोधिएको थियो । स्पष्टिकरण चित्त बुझ्दोे नआएकोले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साधरण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरेको जारी सूचनामा उल्लेख रहेको छ ।

कारवाहीमा परेका रौतहटका दुवै नगरप्रमुखहरुले दल त्याग गरेकाले नेकपा माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको माओवादी केन्द्रले जनाएको छ । नेकपा माओवादी केन्द्रले गत आइतबार नै रौतहटका पाँच जना उपप्रमुखलाई समेत पार्टी निष्कासन गरिसकेको छ ।

तपाइँको प्रतिक्रिया