मंगलबार, जेठ १६, २०८०

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १५ गते १३:५८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।

दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । उनको शरीरमा सोडियमको मात्रा कम पाइएको र अहिले केही सुधार देखिएको चिकित्सकले बताएका छन् ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पीएसपी० बाट पीडित हुनुहुन्छ । गत पुसमा दाहाललाई भारतको नयाँदिल्लीमा उपचार गरी ल्याइएको
थियो । प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जाल फेसबुक मार्फत आमालाई २ दिन देखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस्पताल भर्ना गरिएको उल्लेख गरेकी छन्। उनले अहिले आमाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको समेत जानकारी दिएकी छिन् ।

तपाइँको प्रतिक्रिया