बागमती प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १५ गते १३:२८
मकवानपुर । बागमती प्रदेशमा आज मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका छन् ।
नुवाकोटका केशवराज पाण्डे, सिन्धुपाल्चोकका सरेश नेपाल, काभ्रेका चन्द्र लामा र दोलखाका र सरस्वती बस्नेतलाई मन्त्री बनाउने तयारी छ ।
त्यस्तै धादिङका डा रामकुमार अधिकारी सिन्धुपाल्चोकका प्रदीप कटुवाल र मकवानपुरकी जुनेलीमाया श्रेष्ठलाई राज्यमन्त्री बनाइँदैछ ।
नवनियुक्त मन्त्रीहरुलाई दिउँसो ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसार्इँले शपथ ग्रहण गराउने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री पौडेलले दुई वर्ष पूरा भएका मन्त्रीलाई बिदा गरेर नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।