मंगलबार, मंसिर २०, २०७९

कांग्रेस बैठक स्थगित

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १५ गते १२:४१

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य र कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि बैठक स्थगित भएको छ । बुधबार बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केही कार्यसमिति सदस्य र कर्मचारीसमेतमा कोरोना पोजिटिभ देखिएपछि बैठक स्थगन गरिएको हो ।

मुख्यसचिव पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, बैठक तयारीका क्रममा गरिएको पीसीआर परिक्षणमा केन्द्रीय कार्यसमितिका केही साथीहरु एवं केन्द्रीय कार्यालयकै कर्मचारीहरु समेतमा कोरोना पोजिटिभ देखिएको छ ।

तपाइँको प्रतिक्रिया