शुक्रबार, असोज २१, २०७९

रोल्पामा ३१ घर गोठ जलेर नष्ट

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १५ गते ११:४१

रोल्पा । रोल्पामा आगलागीका कारण ३१ घरगोठ जलेर पूर्ण रुपमा नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार त्रिवेणी गाउँपालिका वडा नम्बर २ को कापडाँडा गाउँका १९, बर्तिबाङ गाउँका ६ र सानो चेत्रे गाउँका ६ गरी ३१ घर गोठ जलेर नष्ट भएका हुन् ।

आगलागीबाट २६ घर जलेको रोल्पाका प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले जानकारी दि । आगलागीमा २० वटा बाख्रा, १३ वटा गाई जलेर मरेका छन् । यस्तै, तीन दिनदेखि पिराले, धानबाङ, रामपुर, प्युरी लगायका गाउँका जंगलमा पनि आगलागी भइरहेको छ ।

तीन दिनमा त्रिवेणी गाउँपालिका वडा नम्बर २ का २र३ वटा गाउँ बाहेक सबै जस्तो क्षेत्रमा आगलागी भएको छ । तीन दिनदेखि लागेको आगो निभाउन स्थानीयबासिन्दा र सुरक्षाकर्मीहरु खटिए पनि अझै आगो नियन्त्रणमा आउन सकेको छैन् । रातभर स्थानीयबासिन्दालाई आफ्ना सरसामान बाहिर निकालेर सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको रोल्पाका प्रहरी प्रमुख सुवेदीले बताएका छन् । आगो अझै नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ ।

 

तपाइँको प्रतिक्रिया