सोमबार, चैत १३, २०७९

भारतमा एकै दिन कोरोनाका कारण ३२ सय बढिले ज्यान गुमाए

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १५ गते ११:२०

एजेन्सी । भारतमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । हिजो एकै दिन ३ हजार २ सय ८६ जनाको मृत्यु भएको हो ।

एक साताको अवधिमा २० लाखमा संक्रमण पुष्टि भएको छ । जसका कारण भारतको स्वास्थ्य व्यवस्था नै धरासयी हुन पुगेको छ । भारतमा अक्सिजनको कमी सहित घाटमा मृतकको अन्त्येष्टी गर्न समेत समस्या भएको बीबीसीले उल्लेख गरेको छ । भारतमा हिजो एकै दिन ३ लाख ६२ हजारमा संक्रमण पुष्टि भएको छ । भारतमा कुल १ करोड ७९ लाख ८८ हजार ६ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा जारी कोरोना भाइरस महामारीको दोश्रो लहरले निम्त्याएको निषेधाज्ञाका कारण विश्व अर्थव्यवस्थामा असर पुगेको छ । भारत विश्वको तेश्रो तेल आयातकर्ता भएकाले त्यहाँ निषेधाज्ञा लागेका कारण माग कम हुँदा विश्वबजारमा तेलको मुल्यमा १ प्रतिशतले गिरावट आएको छ ।

तपाइँको प्रतिक्रिया