गण्डकी प्रदेशका तीन जना सांसद सहित चार जनामा कोरोना पुष्टि
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १५ गते १०:३९
काठमाडौं । गण्डकी प्रदेशका तीन जना सांसदहरुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ सांसद र एक कर्मचारीलाई संक्रमण भएको पुष्टि गर्दै सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभाको बैठक भने प्रभावित नहुने बताएका छन् ।
गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ । पीसीआर परीक्षणविना प्रदेशसभाको बैठक बसाइएको भन्दै मंगलबार सत्तारुढ नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए ।
विपक्षी सांसदहरुको समावेदनको आधारमा गण्डकीको विशेष अधिवेशन मंगलबारबाट सुरु भएको थियो । विशेष अधिवेशनबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टुंगो लगाइने छ ।