नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु, ४५२४ संक्रमित
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १४ गते १७:४७
काठमाडौं । नेपालमा पछिल्लो समयमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१९४पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६२२५ जना पुगेको छ ।