बिहीबार, मंसिर १४, २०८०

कोरोना बढेसँगै दुई दिनमा एक लाख नागरिकले छोडे काठमाडौं

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १४ गते १५:५३

काठमाडौं । नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना कहर बढेसँगै एक लाख भन्दा बढि नागरिकहरुले काठमाडौं उपत्यका छोडेका छन् । विहिबार देखि काठमाडौं उपत्यकामा निषेधज्ञा लागू हुने भएपछि काठमाडौंबाट एक लाख नागरिक बाहिरिएका हुन् ।

कोरोनाको प्रकोपमा धेरै दुख पाउने भन्दै विभिन्न क्षेत्रका व्यवसायी, विद्यार्थी लगायत सर्वसाधरण नागरिकले काठमाडौं उपत्याका छोडेका हुन् ।सर्वसाधारण चापागाउँ, नागढुंगा, साँगा, बालाजु, कोटेश्वर, बल्खु र थानकोट नाका भएर उपत्यकाबाट बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार ५२ हजार जनाले उपत्यका छाडेका हुन् ।

 

महाशाखाका प्रवक्ता कृष्ण अधिकारीले मंगलबार दिउँसोसम्ममा ५० हजार भन्दा बढीले उपत्यका छाडिसकेको बताए । ‘

तपाइँको प्रतिक्रिया