ऊर्जा मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १४ गते १२:२८
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार टेकु अस्पतालमा गरिएको परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका प्रेस सल्लाकार लिला जिसीले जानकारी दिए ।
उहाँले मन्त्रीसँग सम्पर्कमा आएका सबैलाई सजक रहन र परीक्षण गर्न पनि आग्रह गरेका छन ।