मंगलबार, जेठ १६, २०८०

थप ३ हजार ४४२ कोरोना संक्रमित, ७ जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १३ गते १८:५३

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ४०० पीसीआर परीक्षणबाट सोमबार ३ हजार ४४२ जना संक्रमित फेला परेका हुन् ।

 

त्यस्तै ८ सय ९३ एन्टिजेन परीक्षणबाट ११४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै पीसीआर र एन्टिजेन परीक्षणमा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३५ हजार ६१ पुगेको छ ।

तपाइँको प्रतिक्रिया