त्रिविका पूर्व निर्धारित सबै परीक्षा स्थगित
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १३ गते १६:३७
काठमाडौं। त्रिभुवन विश्वविद्यालयका पूर्व निर्धारित सबै परीक्षा स्थगित भएका छन् । त्रिविका पूर्व निर्धारित वार्षीक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ ।
सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो । कोभिड १९को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल सञ्चालित तथा सञ्चालनको प्रक्रियामा रहेका सम्पूर्ण परीक्षाहरु यथास्थितिमा सञ्चालन नसकिने परिस्थिति सृजना भएकाले भन्दै त्रि.वि.केन्द्रीय परीक्षा सञ्चालक समितिको बैकठको निर्णय अनुसार पूर्व निर्धारित परीक्षा स्थगित गरेको हो ।