बुधबार, चैत ८, २०७९

पार्टीको ह्विपविपरीत फ्लोर क्रस गर्ने चार सांसद पदमुक्त

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १३ गते १५:५६

काठमाडौं । पार्टीको ह्विपविपरीत फ्लोर क्रस गर्ने कर्णाली प्रदेशका चार जना प्रदेश सांसद पद मुक्त भएका छन् । पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरु सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख)बाट निर्वाचित अमरबहादुर थापा पदमुक्त भएका हुन् ।

उनीहरुलाई सोमबार कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले पद मुक्त भएको जानकारी गराएका हुन्।बैशाख ३ गते पार्टीको ह्विप विपरीत कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ (१) र कर्णाली प्रदेशसभा नियवामली २०७४ नियम १९० बमोजिम एमाले संसदीय दलले चारैजना सांसदले दल त्याग गरेको पत्र प्रदेशसभा सचिवालयलाई जानकारी गराएपछि कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम सभामुखले सांसदहरु पदमुक्त भएको घोषणा गरेका हुन् ।

तपाइँको प्रतिक्रिया