शुक्रबार, जेठ २६, २०८०

ओली गुटलाई सरकारी निर्णय लागू हुँदैन र ?- नेता रावल

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १३ गते १५:२६

काठमाडौं । नेकपा एमाललेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना कहरकाबीच गुटको भेला गरिरहेको भन्दै आपत्ती जनाएका छन् । नेता रावलले सोमबार ट्विट गर्दै प्रधानमन्त्री ओलीको विरोध गरेका हुन्।

कोरोनाबाट जोगिन अरूलाई भेला,बैठक,समारोह नगर्न भन्ने तर प्रधानमन्त्री ओली र उहाँका निकटस्थहरू भेला,बैठक,समारोह गरिरहने,यो के हो भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्री ओली गुटलाई सरकारी निर्णय लाग्दैन र भन्दै प्रश्न गरेका नेता रावलले कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो भन्दै उल्लेख गरेका छन् । साथै कानूनका सामु सबै बराबर होइन र भनेर ओलीलाई प्रश्न सोधेका छन् ।

तपाइँको प्रतिक्रिया