शनिबार, मंसिर २४, २०७९

मन्त्रीपरिषद बैठक बस्दै,कोरोना महामारी नियन्त्रणबारे छलफल हुने

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १३ गते १२:०५

काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने बैठकमा कोरोना महामारी रोकथाम र नियन्त्रणका उपायका बारेमा छलफल हुने छ ।

मुलुकमा कोरोना संक्रमणको दर बढ्दै गएपछि हिजो बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका सहरी क्षेत्र र २ सयभन्दा बढी सक्रिय संक्रमित भएका अन्य क्षेत्रमा कम्तिमा तीन साता लकडाउन गर्न मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा मन्त्रिपरिषद बैठकले निर्णय गर्न सक्ने छ । सीसीएमसी बैठकले कम्तिमा तीन साता लकडाउन गर्नुपर्ने र त्यो सम्भव नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो ।

सरकारले हवाइ सेवा तथा सीमा नाकामा थप कडाइ गर्नेलगायत विषयमा विभिन्न क्षेत्रबाट आएका सुझावलाई मध्यनजर गर्दै आगामी रणनीति तय गर्ने तयारी गरेको छ ।

तपाइँको प्रतिक्रिया