उपत्यकामा लकडाउनेबारे छलफल गर्न प्रजिअहरुको बैठक बस्दै
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १३ गते ११:०५
काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या तिब्र रुपमा फैलिँदै गएपछि काठमाडौं उपत्याकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ ।कोरोना रोकथामबारे रणनीति बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्न लागेको हो ।
ललितपुरका निमित्त सीडीओ ललितकुमार बस्नेतका अनुसार अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द गर्ने विषयमा छलफल गर्न आइतबार उपत्यकाका तीनवटै जिल्ला प्रशासकहरूको बैठक बसेको थियो । ‘हिजो हामी तीनै जना बसेर के गर्ने भन्नेबारे एक प्रकारको सोच बनाइसकेका छौं । अब आज पनि बैठक छ । हामी बसेर थप निर्णय गर्छौं,’ उनले भने ।
यस अघि संकट ब्यवस्थापन केन्द्र (सिसीएमसी)ले पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।