शुक्रबार, जेठ २६, २०८०

एकै दिन तीन हजार भन्दा बढी जनामा कोरोना पुष्टि

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १२ गते १६:४८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९२९२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जनामा कोरोना संक्रमण देखिएको हो। यस्तै, ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा संक्रमण देखिएको हो।

काठमाडौंमा सबैभन्दा धेरै संक्रमित पहिचान भएका छन्। काठमाडौंमा १ हजार १३२ जना संक्रमित देखिएका छन् भने ललितपुरमा २७० र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ।

हाल देशभर १९ हजार ३८२ सक्रिय संक्रमित रहेकोमा २५२ जना संक्रमित आइसियुमा रहेको र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तपाइँको प्रतिक्रिया