बुधबार, जेठ २४, २०८०

उपत्याका तीन वटै जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १२ गते १६:३०

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जनाइएको छ । सोमबार देखि तीन वट जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस संक्रमणको अवस्थालाई नियाल्दै अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय काठमाडौं, भक्तपुर र ललितपुरमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आइतबार बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

तपाइँको प्रतिक्रिया