शनिबार, मंसिर २४, २०७९

प्रधानमन्त्री ओली विरुद्ध समाचार लेख्ने उज्यालो अनलाइन नेटवर्कका कार्यकारी सम्पादक पक्राउ

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १२ गते १५:११

काठमाडौं । उज्यालो अनलाइन नेटवर्कका कार्यकारी सम्पादक अनिस अनिस तामाङ कार्यालयबाटै पक्राउ परेका छन् । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो। उक्त समाचार पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो।

तर आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गर्दै तामाङलाई आइतबार कार्यालयबाटै पक्राउ गरेको हो।काठमाडौं जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरी प्रहरीले तामाङलाई पक्राउ गरेपछि पत्रकारहरुले त्यसको विरोध जनाएका छन् ।

समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउन नगर्न अदालतले आदेश दिएको भए पनि बारम्बार पत्रकारहरु पक्राउ गर्नु दुखद भएको सञ्चारकर्मीहरुले बताएका छन् ।

तपाइँको प्रतिक्रिया