बुधबार, मंसिर २१, २०७९

कर्मचारीमा कोरोना देखिएपछि एक साताका लागि बैंक बन्द

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १२ गते १३:३५

रोल्पा । रोल्पाको रुन्टिगढि गाउँपालिकाको होलेरी स्थित राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि शाखा कार्यालयले आइतबार सूचना प्रकाशित गरि कार्यालय एक साताका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको कार्यालयका प्रमुख मुन बहादुर बुढाले बताए ।

कार्यालयमा कार्यरत पुरुष कर्मचारीमा कोरोना संग मिल्दोजुल्दो लक्षण देखिए पछी चेक जाच गराउदा कोरोना पोजेटिभ देखिएको र बिरामीको अवस्था सामान्य रहेको तथा कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुमा रुघाखोकीको सामान्य लक्षण बाहेक अरु केही नभएको समेत शाखा प्रमुख बुढाले बताए । पछिल्लो समय रोल्पामा कोरोना संक्रमितको संख्यामा वृद्धि आउन थालेको छ ।

रोल्पाको सुनिल स्मृति गाउँपालिकाको खुङग्री , त्रिबेणि गाउँ पालिकाको जुगार लगायतका स्थानीय बजारमा कोरोना संक्रमीतहरु देखिएका छन । कोरोना संक्रमण रोकथामका बारेमा स्थानीय प्रशासन र सरोकारवाला निकायहरु बैठक बस्न र सार्बजनिक सूचना निकाल्न बाहेक खासै उल्लेखनीय कार्य गर्न सकेका छैनन् । जिल्ला स्थित कोभिड ज्ञढ संकट ब्यबस्थापन समितिले जिल्ला प्रवेश नाकाहरुमा स्थानीय तहले हेल्थ डेस्क राख्ने, प्रत्येक पालिकामा आइसोलेसन बेड तयार गर्ने , स्वाब संकलन केन्द्र राख्ने , स्थानीय बजारमा भिड भाड कम गर्ने , मास्क अनिवार्य लगाउने जस्ता निर्णय भएको एक साता बितिसक्दा पनि कहि कतै निर्णय कार्यान्वयन भएको छैन भने कुनै निकाय बाट निर्णय कार्यान्वयन भए नभएको बारेमा समेत नियमन र अनुगमन समेत नहुदा कोरोनाको जोखिम तीब्र रूपमा फैलिन सक्ने त्रास रोल्पालि जनतामा फैलिन थालेको छ ।

निर्णय कार्यान्वयन गराउन तर्फ प्रयास भैरहेको जानकारी जिल्ला स्थित कोभीड ज्ञढ संकट ब्यबस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारि नब राज सापकोटाले बताएका छन ।

तपाइँको प्रतिक्रिया