मंगलबार, जेठ १६, २०८०

भारतमा एकै दिन साढे ३ लाख कोरोना संक्रमित थपिए, २७ सय बढिको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १२ गते १२:२२

एजेन्सी । भारतमा हरेन दिन कोरोना भाइरसका संक्रमितको संख्या बढ्दो क्रममा छ । ।पछिल्लो २४ घण्टामा मात्रै मा भारतमा तीन लाख ४९ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको छ।

सो अवधिमा कोभिड–१९ बाट २७ सय ६७ जनाको ज्यान गएको छ। अहिलेसम्म कोभिड–१९ बाट एक लाख ९२ हजार ३११ भारतीयको ज्यान गइसकेको छ।

कुल संक्रमितको संख्या एक करोड ६९ लाख ६० हजार भन्दा धेरै पुगेको छ । शुक्रबार एकै दिन तीन लाख ४६ हजार ७८६ जनामा संक्रमण भएको थियो भने २६ सय २४ जनाको ज्यान गएको थियो ।

भारतमा हाल संक्रिय संक्रमितको संख्या २६ लाख ८२ हजार भन्दा धेरै छ ।

अहिलेसम्म १४ करोड ९ लाख १६ हजार भन्दा धेरैले कोरोना भाइरसविरुद्धको कम्तीमा एक जोड खोप लगाएका छन् ।

तपाइँको प्रतिक्रिया