बाँकेको सुशिल कोइराला अस्पताल एकसाताा लागि बन्द
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १२ गते ९:०१
काठमाडौं । बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखा परेपछि एक साताको लागि अस्पताल बन्द गरिएको छ । आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको अस्पतालले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ।
अस्पतालमा कार्यरत कर्मचारीको पिसिआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीमा पोजेटिभ देखिएको छ।
अस्पताल प्रशासनले शनिबार सूचना निकालेर आजदेखि वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गर्ने उल्लेख गरेको छ।
हेर्नुहोस् विज्ञप्ति जस्ताको त्यस्तै