सोमबार, चैत १३, २०७९

रोजगारीका लागि भारत गएका बझाङका एक युवकको कोरोनाबाट ज्यान गयो

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १२ गते ८:१२

बझाङ । रोजगारीको शिलसिलामा भारत गएका बझाङका एक युवकको कोरोना महामारीका कारण ज्यान गएको छ । बझाङको थलारा गाउँपालिका-४ घर भएका एक जना पुरुषको भारतमा कोरोनाका कारण ज्यान गएको हो । कोरोनाका कारण मृत्यु हुनेमा थलारा ४ ठिङका ३९ वर्षीय प्रेम डौडे रहेका छन् ।

उनलाई वैशाख ८ गते कोरोना संक्रमण देखिएको र वैशाख ११ गते उनको मृत्यु भएको परिवार स्रोतलाई उदृत गर्दै भारतबाट भरत थापाले जानकारी दिएका छन् ।

भारतमा कोरोना संक्रमणले भयानक रुप लिएकाले मृत्युदर बढेको र डौडे शव जलाउन नपाएको थापाको भनाइ छ । डौडेसँग उनका छोरा भए पनि अन्यले साथ नदिएको बताइएको छ ।

तपाइँको प्रतिक्रिया