शुक्रबार, जेठ २६, २०८०

दिल्लीमा यूके भेरिअन्ट तीव्र गतिमा फैलिँदै

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख ११ गते १०:११

काठमाडौं । कोरोनाभाइरस महामारीको दोस्रो लहरसँग जुझिरहेको भारतको राजधानी दिल्लीमा यूके भेरिअन्टबाट सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या तीव्र गतिमा बढिरहेको पाइएको छ।

गत मार्च महिनाको तुलनामा सङ्क्रमणमा तीव्र वृद्धि देखिएको हालै गरिएको भाइरसको जीनोम स्याम्पलिङबाट थाहा भएको अधिकारीहरूले बताएका हुन्।

न्याश्नल सेन्टर अफ डिजीज कन्ट्रोलका निर्देशक डा। सुजित सिंहका अनुसार दिल्लीमा गत मार्चको दोस्रो सातातिर सङ्क्रमितमध्ये २८ प्रतिशत यूके भेरिअन्टबाट पीडित भएको पाइएको थियो भने मार्चको अन्त्यतिर त्यो बढेर ५० प्रतिशत पुगेको छ।

यूके भेरिअन्टले सङ्क्रमणको दर मात्रै बढाएको नभई सङ्क्रमितको स्थितिलाई जटिल बनाउने गरेको र त्यसबाट मृत्युदरमा पनि वृद्धि भएको उनले बताए। बिबिसी

 

तपाइँको प्रतिक्रिया