बालुवाटारको बालुवालाई जति पेले पनि तेल निश्कदैन- नेपाल
फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १० गते १३:१५
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दे बालुबाटारको बालुवामा तेल नभएको प्रतिक्रिया दिएका छन् ।
शुक्रबार जनकपुरधामस्थित नेकपा पार्टी कार्यालय मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले प्रधानमन्त्री ओलीका कारण कम्युनिष्ट आन्दोलन धरापमा परेको आरोप लगाए ।उनले प्रधानमन्त्री केपी शर्मा ओलीले वायुपंखी घोडा चढ्दा पार्टी र लोकतन्त्र संकटमा परेको बताए ।
पार्टी फुट्न नदिन पटक–पटक भेटघाट गरे पनि ओलीको हठका कारण सफल हुन सकिएन,’ नेपालले भने, ‘बालुवाटारको बालुवामा तेल छैन । बालुवा जति पेले पनि तेल निस्किने अवस्था छैन । छलफल र भेटघाटमा ओली आफनो दम्भबाट पछाडि हट्न चाहेन ।’ पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन भेटघाट भए पनि छलफल सकारात्मक हुन नसकेको उनले बताए ।