ओलीसँग कुरा मिलने,नमस्कार गरेर म विदा भएँ-गाैतम
काठमाडौं । नेकपा एमोका नेता वामदेव गौतमले अध्यक्ष केपी ओलीसँगको डिनर बैठक गरेका छन् , बिहीबार बेलुकी ओली र गौतमबीच भेटवार्ता भएको थियो। उनीहरूले ‘डिनर मिटिङ’ गरेका हुन्। ओली र गौतमको डिनरमा कानुन मन्त्री लिलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सहभागी थिए।उक्त भेटवार्तामा गौतमले ओलीसँग आफ्नो अटुट सम्बन्ध रहेको र रहिरहने बताएको भट्टराईले उल्लेख गरेका थिए।
डिनर गरेको फोटो प्रमुख सचेतक भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन्। शुक्रबार बिहान गौतमले प्रेस सल्लाहकार विश्वमणि सुवेदीमार्फत् ओलीसँग भएका कुराकानी सार्वजनिक गर्दै गत फागुन २८ को निर्णय फिर्ता लिन आफूले ओलीसँग आग्रह गरेको बताएका छन्।आफ्नो आग्रहलाइ ओलीले अश्वीकार गरेपछि नमस्कार गरेर बालुवाटारबाट हिडेको गौतमले बताएका छन् ।
गौतमको वक्तव्यमा भनिएको छ, ‘उहाँले पार्टी काममा फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाईंले गर्नुभएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ । उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईसँग आउन सक्दिन भनेर जवाफ दिएँ । डिनर चल्दै थियो, नमस्कार गरेर म विदा भएँ ।’