मंगलबार, मंसिर २०, २०७९

मुम्बईस्थित कोरोना अस्पतालमा आगलागी, १३ जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १० गते ११:०६

एजेन्सी । भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको हो ।

आगलागीबाट अस्पतालमा उपचाररत १३ जनाको मृत्यु भएको विरार नगर निगमको कोरोना कन्ट्रोल रुमलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो । आईसीउमा १७ जना विरामी उपचाररत थिए ।

आगलागीको कारण खुलेको छैन । यसअघि महाराष्ट्रको नासिकमा अक्सिजन चुहावट हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

तपाइँको प्रतिक्रिया