शुक्रबार, असोज १४, २०७९

आइसोलेसनमा लैजाने क्रममा एम्बुलेन्सबाटै भागे सात संक्रमित

फ्ल्यासन्युज नेपाल२०७८ वैशाख १० गते १०:५८

कैलाली । धनगढीमा आइसोलेसन लग्ने क्रममा सात जना कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार भएका छन्। बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनीहरुलाई ऐन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी उपमहानगरपालिका–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा सातै जना भागेको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए ।

ती संक्रमितहरु भारतको बेली जंगलतर्फ भागेकोे बताइएको छ।

तपाइँको प्रतिक्रिया